काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नु पर्नेछ । साथै संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्