काठमाडौं । एनएमबि बैंक लिमिटेडले लिलाम प्रक्रिया मार्फत ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सबैले किन्न पाउने गरी उक्त मात्राको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । निवेदनपछि बिक्रेतासँग समन्वय गरेर आपसी सहमतिमा मात्रै खरीद–बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
साथै संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्