काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले ४० हजार कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको हो ।
बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ भने सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ । सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आजदेखि वैशाख २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइने छ ।
प्रतिक्रिया दिनुहोस्