काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी तोलाको ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलाको १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्