काठमाडौं । बुधबारको सेयर कारोबार खुल्न वित्तिकै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य १२६ रुपैयाँ १० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक पनि ७ दशमलव ४९ अंकले बढेर २६३९ दशमलव ४७ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्