काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा साढे १ बजेको समयमा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको २१७ रुपैयाँले बढेर २ हजार ३८७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक ३ दशमलव ९७ अंकले घटेर २६२८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ५ अर्ब ६० करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्