काठमाडौं । सेयर बजार परिसूचक लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ८ दशमलव १४ अंकले घटेर २६२३ दशमलव ८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १०७ कम्पनीको सेयर मूल्य भने बढेको छ । एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ अंकले घटेर ४४२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ९ अटाको घटेको छ । परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ७ अर्ब माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार ७७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्