Skip to content

सेयर बजार घट्दा पनि तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेर कारोबार बन्द भयो । नेप्से परिसूचक घटेको दिन तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज समाज लघुवित्तको सेयर मूल्य २१७ रुपैयाँले बढेर २ हजार ३८७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज नेपाल माइक्रोको सेयर मूल्य पनि १२६ रुपैयाँ १० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् १०४ रुपैयाँ २० पैसाले बढेर १ हजार १४७ रुपैयाँ पुगेको छ ।

Hyundai

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज विन नेपाल लघुवित्तको सेयर मूल्य २३४ रुपैयाँ ८५ पैसाले बढेर २ हजार ९१३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७७ प्रतिशतले धेरै हो । त्यस्तै सिनर्जी पावरको सेयर मूल्य २९ रुपैयाँ ६४ पैसाले बढेर ३८४ रुपैयाँ १५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.३६ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्