काठमाडौं । बुधबार सेयर बजार घटेर कारोबार बन्द हुँदा १३६ कम्पनीको सेयर मूल्य घट्यो । १३६ कम्पनीको सेयर मूल्य घटेको दिन भूगोल इनर्जीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
आज भूगोल इनर्जीको सेयर मूल्य ८६ रुपैयाँ २२ पैसाले घटेर ७६६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटल, लक्ष्मी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।
आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैैंकको सेयर मूल्य १३६ रुपैयाँ ८६ पैसाले घटेर २ हजार २३९ रुपैयाँ ७७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.७६ प्रतिशतले कम हो । त्यस्तै आज तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ३.७७ प्रतिशत अर्थात ३६ रुपैयाँ ८७ पैसाले घटेर ९४१ रुपैयाँ १३ पैसा पुगेको छ ।
आज लक्ष्मी लघुवित्तको सेयर मूल्य ३६ रुपैयाँ २७ पैसाले घटेर १ हजार ९ रुपैयाँ ७३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३८ प्रतिशतले कम हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३१ रुपैयाँ ३५ पैसाले घटेर ९९६ रुपैयाँ ९४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०५ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्