Skip to content

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले र कांग्रेस सभापति देउवाबीच भेट

काठमाडौं । नेपालको तीन दिने भ्रमणका क्रममा नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवा र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । चौथाइवाले र देउवाबीच देउवा निबास बुढानिलकण्डमा भेट भएको हो ।

भेटमा देउवा पत्नी तथा परराष्ट्रमन्त्री आर्जु राणा पनि सहभागि थिइन् । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपालका सबै राजनीतिक दलहरुसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ । बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ ।

Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्