काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल बीमा प्राधिकरणमा ४८२ वटा मुद्दा परेका छन् ।
प्राधिकरणका अनुसार ४८२ वटा मुद्दामा ८४ वटा मुद्दाको मात्रै सहमति तथा फैसला भएको छ । बाँकी ३९८ वटा मुद्दाको सहमति तथा फैसला हुन सकेको छैन । प्राधिकरणमा परेका ४८२ वटा मुद्दा चालु आवको ९ महिनाको मात्रै भने होइन । ४८२ वटामा गत आवको सोही अवधिमा प्राधिकरणमा परेका मुद्दाबाट २८७ वटा गत वर्षको निवेदनबाट सरेर आएको हो । यस वर्ष परेको निवेदन १९२ वटा र पुनरावेदन ३ वटासहित ४८२ वटा मुद्दा रहेका थिए । जसमा ८४ वटाको मात्रै सहमति तथा फैसला भएको छ ।
प्राधिकरणका अनुसार ८४ वटामा ६३ वटा मुद्दाको फैसला भएको हो भने २१ वटामा सहमति भएको हो ।
प्राधिकरणका अनुसार गत आवको चैत मसान्तसम्म १५० वटा मुद्दाको फैसला तथा सहमित भएको थियो । जसमा १०१ वटाको फैसला र ४९ वटामा सहमति भएको थियो । गत आवको सोही अवधिमा अघिल्लो आवको निवेदन १९२ वटा, गत आवको मात्रै २४४ र पुनरावेदनबाट आएको १ सहित ४३७ वटा मुद्दा रहेका थिए । गत आवको चैत मसान्तसम्म २८७ वटा मुद्दाको टुंगो लाग्न बाँकी थियो ।
पछिल्लो समय प्राधिकरणमा परेका निवेदनमा फैसला तथा सहमति न्यून हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्