Skip to content

राजावादीले फुटाएको पार्टी कार्यालयको क्षतिपूर्ति माग्दै माधव नेपाल पुगे प्रधानमन्त्री ओली भेट्न

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी) एसका अध्यक्ष माधव कुमार नेपालले राजावादीेले चैत १५ गते फुटाएको पार्टी कार्यालयको उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एसका अध्यक्ष नेपाल सहितका नेताहरुले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि मागपत्र बुुझाउँदै यस्तो माग गरेका हुन् ।

Hyundai

गत चैत १५ गतेको तीनकुनेमा दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको थियो । त्यसको उचित क्षतिपूर्तिका लागि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सरकारसँग माग गरेका हुन् ।

क्षतिपूर्ति साथै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिए ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरु प्राप्त भएकामा धन्यवाद दिए ।

नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोशिस गर्ने विश्वास ओलीले दिलाए ।

प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरुका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्