Skip to content

महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ को उपदफा २ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्ले १० चैतमा सिफारिस समिति गठन गरेको थियो । समितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल र भट्टराई सदस्य थिए । भट्टराइले राजीनामा एक सदस्य पद खाली थियो ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्