काठमाडौं । विन नेपाल लघुवित्त वित्तीयले चैत २१ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको एफपीओ सूचीकरणको प्रक्रियामा रहेको छ । वैशाख ७ गते बाँडफाँट गरेको सो एफपीओ सूचीकरणको अन्तिम चरणमा रहेको हो ।
कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गरेको थियो । कम्पनीको एफपीओ ५ हजार १२९ जनाले पाएका छन् । हाल धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले थप सार्वजनिक निष्कासन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्