Skip to content

मन्त्रिपरिषद्को बैठक आज बस्ने सम्भावना न्यून, राज्यमन्त्रीको सपथ भने हुने

काठमाडौं । सरकारको आज बिहान १० बजेका लागि बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

बिहान १० बजेका लागि मन्त्रिपरिषदको बैठक र नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको थियो ।

Hyundai

आज बिहान १० बजेका लागि मन्त्रिपरिषद्को बैठक स्थगित भएको प्रधामन्त्रीका सञ्चार विज्ञ प्रकाश शिलवालले बताए । मन्त्रिपरिषद्को बैठक स्थगित भएको भएपनि राज्यमन्त्री गर्बुजाको पशथ भने हुने सम्भावना रहेको छ ।

म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् गर्बुजालाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका छन् ।

वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्