काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
उक्त कम्पनीले १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । उक्त कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्