काठमाडौं । कृषि बीमाको बारेमा जानकारी राख्न चाहनेहरुका लागि उपयोगी ‘नेपालमा कृषि बीमा’ पुस्तक प्रकाशित भएको छ ।
यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बीमा व्यवसायी तथा नेपालमा कृषि बीमा विकास र अभ्यासमा रुचि राख्ने सबैका लागि सन्दर्भ सामग्रीको रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ । पुस्तकमा कृषि बीमाको सैद्धान्तिक आधार र विश्व र नेपालमा अभ्यासमा रहेका बीमा पोलिसीको बारेमा उल्लेख गरिनुको साथै तथ्यांक सहित नेपालको कृषि बीमाको बिकासक्रम, बिगत र वर्तमानमा भएका नीति, कार्यक्रम, र संस्थागत संरचनाहरूको विश्लेषण गरिएको छ । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ ।
पुस्तकलाई १४ अध्यायमा बिभाजन गरिएको छ । कृषि क्षेत्रमा बिद्यमान जोखिम र अन्तर्राष्टिय तथा नेपालमा परम्परागतमा भइरहेको जोखिम ब्यवस्थापनको अभ्यासको बारेमा चर्चा गर्दै विश्वमा अभ्यासमा रहेका बिभिन्न बीमा पोलिसीहरु तथा असल अभ्यासहरुको बारेमा चर्चा गरिएको छ । कृषि बीमाका कानूनी आधार र अनुदानका बिषय, प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण विषयहरूमा बहस प्रस्तुत गरिएको छ ।
नेपालका निर्जीवन बीमा कम्पनीहरुले यस क्षेत्रमा खेलेको भूमिकालाई निकै बिश्लेषणात्मक ढंगबाट चर्चा गरिएको छ । कृषि बीमाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका संघ संस्था र तीनका क्रियाकलापहरुको पनि चर्चा गरिएको छ भने कृषि बीमामा ब्याप्त समस्या, चुनौती र संभावनाको बारेमा उल्लेख गर्दै अन्तिम अध्यायमा सम्बन्धित निकायहरुलाई सुझाव दिइएको छ ।
पूस्तकमा नेपाल सरकारका कृषि सचिव डा। गोविन्द प्रसाद शर्माले पुस्तकको बारेमा आफ्ना भनाई यसरी प्रस्तुत गर्नु भएको छ स् ूयस पुस्तकले नेपालको कृषि बीमा बजार विकास गर्न चाहने नीतिनिर्माता, अनुसन्धानकर्ता र व्यवहारविद्हरूका लागि महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्नेछ । लेखकहरूको व्यवहारिक अनुभवका कारण यो पुस्तक शैक्षिक मात्र नभई नीति निर्माता, बीमाकर्ता, अनुसन्धानकर्ता र कृषकहरूसमेतका लागि अत्यन्त उपयोगी बन्ने जनाइएको छ ।
कृषि तथा बीमामा गहिरो सैद्धान्तिक ज्ञान तथा लामो ब्यवहारिक अनुभव भएका लेखकहरुको मिहिनेतबाट यो पुस्तक तयार भएको जनाइएको छ । डा. रविन्द्र घिमिरे, कृषि बीमा कार्यन्वयनको शुरुवात देखिनै पोलिसी निर्माणमा जोडिनु भएका नेपाल सरकारका पूर्वउपसचिव शिव सुन्दर घिमिरे, कृषिमा क्षेत्रमा बिद्याबारिधी गर्नु भएका गिरी प्रसाद कंडेल र कृषिमा स्नातकोत्तर गरी बीमा कम्पनीमा कृषि बिभागको नेतृत्व गरेका सुदिप पौडेल पुस्तकका लेखक हुन् । यसको मूल्य ५२५ रुपैयाँ रहेको छ ।
डा.रविन्द्र घिमिरे, शिव सुन्दर घिमिरे, डा. गिरि प्रसाद कंडेल र सुदिप पौडेलले लेखेको किताबमा १४ वटा विषय छन् ।
जसमा नेपालको कृषिको संक्षिप्त अवलोकन, नेपालमा कृषि जोखिम, जलवायु परिवर्तन र यसको नेपाली कृषि प्रणालीमा प्रभाव, परम्परागत कृषि जोखिम व्यवस्थापन अभ्यासहरू, विश्वव्यापी कृषि बीमा पोलिसीहरू रहेका छन् ।
यस्तै नेपालमा कृषि बीमासम्बन्धी कानुनी प्रावधान र अनुदानका सवाल, नेपालमा कृषि बीमाको विकास, नेपालमा कृषि बीमा बजार, कृषि बीमा सेवामा निर्जीवन बीमा कम्पनीहरूको भूमिका, कृषि बीमामा भएका विश्वव्यापी अभ्यासहरू, कृषि बीमामा सहयोगी संस्थाहरू, कृषि बीमामा सूचना प्रविधिको प्रयोग, कृषि बीमाका समस्या र चुनौतीहरू नीतिगत सुझाव रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्