काठमाडौं । हालसम्म सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये १४ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये ८ वटा निर्जीवन र ६ वटा जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।
हालसम्म जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ नेपाल इन्स्योरेन्स, सानिमा जिआईसी, हिमायल एभरेष्ट, आइजिआई प्रुडेन्सियल, सिद्धार्थ, शिखर, नेको र सगरमाथा लुम्बिनी इन्स्योरेन्स छन् ।
यी कम्पनीमध्ये केहीले वार्षिक साधारणसभा सकेर घोषणा भएको लाभांश वितरणसमेत गरिसकेका छन् भने कहीको बाँकी रहेको छ । जीवन बीमा कम्पनीहरुमध्ये प्रमु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाहेक अरु कम्पनीहरुले लाभांश साधारणसभाबाट पारित गरेर वितरण गरिसकेका छन् । प्रभु महालक्ष्मी लाइफले भने साधारणसभाको मिति घोषाणा गरेको छैन ।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमध्ये सलिको र नेको इन्स्योरेन्सको साधारणसभा हुन बाँकी रहेको छ । सलिकोको साधारण सभा यही वैशाख २८ गतेका लागि र नेको इन्स्योरेन्सले जेठ ९ गतेका लागि साधारणसभा बोलाएको छ । बाँकी कम्पनीहरुले साधारणसभा सम्पन्न गरिसकेका छन् ।
लाभांश घोषणा गरेका कम्पनीमध्ये जीवन बीमा कम्पनीमा सबैभन्दा बढी सिटिजन लाइफले २८.४०४३ प्रतिशत र निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्सले सबै भन्दा बढी ३० प्रतिशत लाभांश घोषणा गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्