Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य २ हजार माथि

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । आज सहित यो कम्पनीको सेयर मूल्यमा लगातार २० औँ दिन सकारात्मक सर्किट लागेको हो ।

दोस्रो बजारमा कारोबार खुलेदेखि नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ । आज यो कम्पनीको सेयर मूल्य १८४ रुपैयाँ ६० पैसाले बढेर २ हजार ३१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसुचक ६ दशमलव १५ अंकले बढेर २६१७ दशमलव ५९ विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime