Skip to content

नयाँ गभर्नरको चर्चाले सेयर बजारमा हरियाली, साढे १० अर्बको कारोबार

काठमाडौं । आज सेयर बजारमा रौनक देखिएको छ । बुधबार बजारमा ६२.२५ बिन्दुको बढोत्तरी आएको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. गुणाकर भट्ट आउने चर्चासँगै बजारमा रौनक थपिएको बताइन्छ । सेयर बजारलाई नेपाल राष्ट्र बैंकको गभर्नरले पनि प्रभाव पार्ने गर्छ । डा. भट्ट सेयर बजार मैत्री भएको भन्दै बजारलाई बढाइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज बजार ६२.२५ अंकले बढेर परिसूचक २६७३.६९ बिन्दुमा पुगेको छ । ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्