Skip to content

डा. पौडेल त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागको दर्शनाचार्य संयोजकमा नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधी कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।

आज आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा विभागका संस्थापक प्रमुख प्रा.डा खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा  जानकारी गराए । यो विषय किन देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्त्वपूर्ण छ भन्ने कुरा प्रस्ट पार्दै गुणस्तरीयअध्यापनमा जोड दिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कार्यक्रममा केन्द्रीय विभागको दर्शनाचार्य एवम् विद्यावारिधि कार्यक्रमका लागि सह प्राध्यापक डा. रमेश पौडेललाई संयोजकका रूपमा स्वागत समेत गरे ।

विभागीय प्रमुख अपेक्षा शाहले पनि विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने विविध जानकारीका साथ डा. पौडेललाई स्वागत गरे । उक्त अवसरमा विभागमा अध्यापनरथ प्राध्यापकहरले आफ्नो आफ्नो विषयको संक्षिप्त जानकारी  प्रस्तुत गरे।

डा ‍रमेश पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता व्यक्त गरे । अनुसन्धानात्मक अध्ययनका लागि कसरी अगाडि बढ्न सकिन्छ र यसको महत्व के हो भन्ने बारेमा प्रष्ट पारे ।

कार्यक्रम विभागीय प्रमुखको अध्यक्षतामा सोही विभागका पूर्व विद्यार्थी एवम् सहायक प्राध्यापक विनिता नेपालीले सञ्चालन गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्