Skip to content
Prabhu

नियामक निकाय रेफ्रीको भूमिकामा रहनुपर्छ, आफैं खेलाडी बनेर मैदानमा उत्रिने हैनः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नियामक निकाय रेफ्रीको भूमिकामा रहनुपर्ने बताएका छन् ।

नियामक निकाय आफैं खेलाडी बनेर मैदानमा उत्रिन नहुने उनको भनाइ छ । बिहीबार राजधानीमा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले रेफ्रीको भूमिकामा रहनुपर्ने नियामक निकायहरु आफैं खेलाडी बनेर मैदानमा उत्रिने अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई नोक्सान गर्ने भएकाले त्यसलाई रोक्न
सरकारको ध्यानाकर्षण गराए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

पुनले कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेललाई करका दर हेरफेरमा हुने चलखेल रोक्न आग्रह गरे । अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आफूले कसैलाई फाइदा र कसैलाई नोक्सान हुने गरी करका दरमा हेरफेर नगरेको प्रष्टीकरण पुनले दिए । ‘चालु आर्थिक वर्षको बजेट बनाउँदै गर्दा मैले कुनै अमुक व्यापारिक घरानालाई फाइदा र कसैलाई घाटा हुने गरी करका दर हेरफेर गरिन । यो कुरा म आज पनि सबै व्यवसायीका अगाडि आँखामा आँखा जुधाएर भन्न सक्छु’, पुनले भने, ‘अहिलेका अर्थमन्त्रीलाई पनि म कसैको दबाबमा नपरी त्यसै गर्न सुझाव दिन चाहन्छु ।’

फरक प्रसङ्गमा आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरुले बिचौलिया भन्दै आएको उनको भनाइ थियो ।

पुनले बिना लगानी अर्थोपार्जन गर्नेहरु बिचौलिया भएको स्पष्ट पार्दै लगानी गरेर व्यवसाय गर्नेहरुले व्यवसायीलाई नै बिचौलिया आरोपित गरिएको अर्थमा नबुझ्न आग्रह गरे । बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रुपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए ।

‘हामीले बिना लगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौं’, पुनले भने, ‘कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौं । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।’

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्