काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा मेट अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको सोही अवधिको भन्दा साढे २७ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २७.६१ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल ३४ करोड ५१ लाख रूपैयाँ नाफा कमाएको छ । कम्पनीको यस्तो नाफा गत आवको सोही अवधिसम्ममा २७ करोड ४ लाख रूपैयाँ रहेको थियो । गत वर्ष कम्पनीको जीवन बीमा कोष २५ अर्ब ७ करोड रूपैयाँ रहेकोमा यस वर्ष १३.२६ प्रतिशतले वृद्धि भएर २८ अर्ब ३९ करोड रूपैयाँभन्दा माथि पुगेको छ ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ७.२७ प्रतिशतले वृद्धि भएर ४ अर्ब २६ करोड रूपैयाँ नाघेको छ । यस्तो आम्दानी गत आवको सोही अवधिसम्मा ३ अर्ब ९७ करोड रूपैयाँ रहेको थियो । त्यस्तै कम्पनीको कुल आम्दानी ६.१६ प्रतिशतले बढेर ६ अर्ब ४५ करोड रूपैयाँ बढी पुगेको छ । यस्तो आम्दानी गत आवको चैत मसान्तसम्ममा ६ अर्ब ८ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च ५.१९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको यस्तो खर्च गत आवको ९ महिनासम्ममा ५ अर्ब ४९ करोड रूपैयाँ रहेकोमा थियो । चालु आवको ९ महिनासम्मको अवधिमा यस्तो खर्च ५ अर्ब ७८ करोड रूपैयाँ नाघेको छ । समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ५६ करोड २३ लाख रूपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५२ करोड रूपैयाँ सञ्चिति रहेको छ । गत वर्ष कम्पनीको महाविपत्ति कोषमा ५२ करोड ७६ लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ५६ करोड रूपैयाँ सञ्चिति थियो ।






प्रतिक्रिया दिनुहोस्