काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ४० करोड भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ४० करोड ८५ लाख रुपैयाँ पुगेको हो ।
कम्पनीले चालु आवमा गत आवको सोही अवधिको तुलनामा ५.१९ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवको सोही अवधिसम्ममा ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्ष कम्पनीको ईपीएस १०.३३ रूपैयाँ रहेकोमा यस वर्ष बढेर १०.४९ रूपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । यस्तो आम्दानी गत आवको सोही अवधिसम्ममा १२ अर्ब ६२ करोड रूपैयाँ रहेको थियो । कम्पनीको कुल आम्दानी साढे १७ अर्ब रूपैयाँबाट बढेर १९ अर्ब ३७ करोड रूपैयाँ नाघेको छ भने कुल खर्च पनि करीब साढे १६ अर्ब रूपैयाँबाट बढेर १८ अर्ब ३२ करोड रूपैयाँ नाघेको छ।
५ अर्ब २१ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड रूपैयाँ, जगेडा कोषमा साढे ८५ करोड रूपैयाँ र सेयर प्रिमियम २ करोड ७८ लाख रूपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्