काठमाडौं । चिनियाँ गाडी ब्रान्ड कायीको थापाथलीमा चलिरहेको एक्सचेन्ज कार्निभल मेलाको समय थप गरिएको छ । कायीको नेपालका लागि आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स र लक्ष्मी इमोबिलिटीले आयोजना गरेको मेलाको समय एक दिन थप गरिएको हो ।
वैशाख २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने मेला अब एक दिन थपेर २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ग्राहकहरूको चासो बढेकाले समय थप गरिएको कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरूले पुराना गाडीसँग कायीको नयाँ ईक्युट फोर, ईक्युट २ र थ्रीएक्स प्रो गाडी साट्न सक्नेछन् । अन द स्पट एक्सचेन्ज अवसर दिइएको छ । साथै एसयुभी थ्रीएक्स प्रोमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको छुटको फाइदा लिन पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्