Skip to content
Prabhu

हिलटन होटल बिक्री भएको छैन : शंकर ग्रुप

काठमाडौं । शंकर ग्रुपले हिलटन होटल बिक्री नभएको जनाएको छ ।

सामाजिक सञ्जाल लगायतमा होटल बिक्री लगायतका विषय सार्वजनिक भएको भन्दै त्यो सत्य नरहेको ग्रुपले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

‘हालै विभिन्न सामाजिक सञ्जालहरु मार्फत ‘हिलटन होटल खरिद बिक्री’ विषयमा आधारहिन समाचारहरु प्रकाशित तथा प्रशारित भएको प्रति हामी आश्चर्यचकित भएका छौं र यस अफवाहप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जगदम्बा हस्पिटालिटी ग्रुपद्वारा संचालित अन्तराष्ट्रिय चेन होटल हिलटन काठमाडौं कुनै पनि बिक्री प्रकृयामा नगएको र यस विषयमा कहीं कतै छलफल समेत नभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पु¥याउने कार्य भएको जनाएको छ ।

यस्ता संबेदनशिल विषयमा आधिकारिक स्रोतबाट प्रमाणिकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रशारण नगरिदिनु हुन अनुरोध गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्