काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एलआइसी नेपाल इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा नाफा २२.६६ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा कम्पनीको नाफा २३ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १९ करोड २४ लाख रुपैयाँ रहेको थियो । एलआइसी नेपालको खुद बीमा शुल्क आर्जन ८.४३ प्रतिशतले बृद्धि भएर १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा १२ अर्ब ८६ करोड ९२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।
आम बीमितहरुलाई बीमा गरेपछि आवश्यक रहने भनेको बीमा दावी भुक्तानी हो । एलआइसी नेपाल बीमा दावी भुक्तानीमा पनि अब्बल बन्दै आएको छ । चालु आवको नौ महिनामा कम्पनीले १९ अर्ब ५२ करोड ८५ लाख रुपैयाँको बीमा दावी भुक्तानी दिएको छ । जुन गत आवको तुलनामा ७.९१ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा कम्पनी कर्जा तथा लगानी मार्फत सात अर्ब ३९ करोड ८६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस अबधिमा कम्पनीको कुल आम्दानी ७.९५ प्रतिशतले बृद्धि भई २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले वित्तीय रुपमा सबल र मजबुद बन्दै गएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २९ पैसा र नेटवर्थ पर सेयर १९८ रुपैयाँ ९७ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीमा ६८ लाख ३८ हजार बीमा पोलिसी कायम रहेका छन् ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्स्योेरेन्सको जगेडा कोषमा ३ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ६७ करोड ७६ लाख रुपैयाँ र जीवन बीमा कोषमा एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँ सञ्चिती रहेको छ ।
प्रतिक्रिया दिनुहोस्