काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा १६.७९ प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी ७.२० प्रतिशत र सञ्चालन मुनाफा १४.६५ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.४७ गुणा रहेको छ । ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्