काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा घोराही सिमेन्टको नोक्सानी घटेको छ । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सानी ५५ करोड ४३ लाख रुपैयाँमा झरेको हो ।
कम्पनीको आम्दानी बढेसँगै खुद नोक्सानीमा घटेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा २७ करोड ५७ लाख रुपैयाँबाट बढेर ७१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७३ लाख ६१ हजार रुपैयाँ धनात्मक भएको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ८० पैसा रहेको छ । ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्