काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा ३७.८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा यस्तो कर्जामा उल्लेख्य वृद्धि देखिएको हो ।
चैत मसान्तसम्म बैंकहरुले १ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिसम्ममा बैंकहरुले यस्तो कर्जा ८६ अर्ब १८ करोड रुपैयाँ प्रवाह गरेका थिए ।
चालु आर्थिक वर्षको ९ महिनासम्ममा बैंकह तथा वित्तीय संस्थाले सबैभन्दा धेरै कर्जा १ करोड भन्दा बढीको सेयर धितो राखेर प्रवाह गरेका छन् । बैंकहरुले चैत मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा १ करोड भन्दा माथिको सेयर धितो राखेर प्रवाह गरेको कर्जा ५१.४ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा बैंकहरुले ५२ अर्ब ६१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए भने चालु आवको चैत मसान्तसम्ममा यस्तो कर्जा ८४ अर्ब ६९ करोड रुपैयाँको पुगेको छ ।
बैंकहरुले ५० लाख देखि १ करोड रुपैयाँसम्मको सेयर धितो राखेर प्रवाह गर्ने कर्जा १९.४ प्रतिशतले बढेर १४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १२ अर्ब रुपैयाँ रहेको थियो ।
त्यस्तै २५ लाख देखि ५० लाखसम्मको सेयर धितो राखेर प्रवाह गरेको कर्जा गत आवको सोही अवधिको तुलनमा १५.४ प्रतिशतले बढेर १६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गत आवको चैत मसान्तसम्ममा यो शीर्षकको सेयर धिता राखेर १४ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । २५ लाख भन्दा कम मूल्यको सेयर धितो राखेर बैंकहरुले ७ अर्ब ९४ करोड रुपैयाँ कर्जा दिएका छन् । जुन गत आवको सोही अवधिको भन्दा ८.६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंहरुले २५ लाख भन्दा कमको सेयर धितो राखेर ७ अर्ब ३७ करोड रुपैयाँको कर्जा प्रवाह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्