Skip to content
Prabhu

‘खानेपानीका क्षेत्रमा जनताले महसुस गर्ने गरी काम भएको छ’

बारा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताए । आज बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै उनले देशभरका खानेपानीका समस्या समाधानमा सिङ्गो मन्त्रालयले काम गरीरहेको जानकारी दिएका हुन् ।

‘हामीले योजना मात्रै होइन, परिणाम देखिने कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने काममा सरकार प्रतिबद्ध छ,’ उनले भने । पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री यादवले उल्लेख गरे । ‘हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेससहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पुर्‍याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ,’ उनले भने ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेसङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्