Skip to content

निफ्रालाई ५ अर्बको हरित ऊर्जा ऋणपत्र ल्याउन सेवोनको स्वीकृत

nabil bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई नेपाल धितोपत्र बोर्डले हरित ऊर्जा ऋणपत्र निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले मंगलबार निफ्रालाई ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८÷८९ नामक हरित ऋणपत्र निष्कासनका लागि अनुमति दिएको हो ।

७ वर्षे अवधिको यो ऋणपत्रको ब्याजदर ६ प्रतिशत छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्नेछ । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजारका दरले कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् । यो ऋणपत्रबाट संकलित पुँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ । ‘जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनीकरणमा सहयोग पु¥याउने परियोजनामा परिचालन गर्ने गरी उक्त ऋणपत्रलाई अनुमति प्रदान गरिएको छ’ बोर्डले जारी गरेको सूचनामार्फत भनेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime