Skip to content

नेशनल इन्स्योरेन्सको नाफा ऋणात्मक

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ऋणात्मक रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ७२ करोड ८१ लाख रुपैयाँले नोक्सानीमा रहेको हो ।

गत आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफाल१४ करोड १० लाख रुपैयाँले धनात्मक रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको बीमाकोषमा ३ अर्ब १२ करोड ४८ लाख रुपैयाँ र महाविपत्ती कोषमा तीन करोड २१ लाख रुपैयाँ सञ्चिती रहेको छ । समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६२ प्रतिशतले बृद्धि भएको छ ।

चालु आवको ९ महिनामा कम्पनीले ९० करोड छ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन र ३७ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ४७ करोड एक लाख रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको छ । यस अवधिमा एक अर्ब २२ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीमा हाल १७ हजार ७३८ वटा बीमा पोलिसी कायम गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime