Skip to content

सन नेपाल लाइफको ‘सन मेडिकेयर’ बिमा योजना, आपतकालीन उपचार गर्दा बिमितले पाउँछन् यस्तो लाभ



nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सन मेडिकेयर’ नामक नयाँ बीमा योजना ल्याएको छ । यो योजना सुरक्षाका मामिलामा अहिलेको अन्यभन्दा एक कदम अगाडि रहेकोे जनाएको छ । हरेक मानिसले स्वस्थ्य बस्न चाहेको हुन्छ ।

कतिपय अवस्थामा स्वास्थ्यमा आकस्मिक समस्या आउन सक्छ । त्यस्तो बेला आर्थिक भारले झनै समस्या बनाउँछ । यस्तै बेलामा ‘सन मेडिकेयर’ बीमा योजना पोलिसीले लिनेले छिटो र भरपर्दो रूपमा सेवा पाउने जनाएको छ ।

सन मेडिकेयर बीमा सुविधाले आकस्मिक स्वास्थ्य समस्याबाट हुने खर्चको तत्काल राहत प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले दुर्घटना होस् या गम्भीर रोग लागेर अस्पताल भर्ना हुँदा लाग्ने औषधि उपचारमा १ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

बिरामीलाई तत्कालका लागि औषधि उपचार गर्न सहज होस् भन्ने हेतुले यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

यो योजना नेपालमा पहिलोपटक सुरु गरेको कम्पनीले जनाएको छ ।

यो पोलिसी लिने बिमितले दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयाघात, विद्युतीय तथा अन्य जलन, डुबान, विषाक्तता, आन्द्रामा रगत बग्ने, कीरा/सर्प टोकाइ, मस्तिष्कमा चोट, गर्भाशय बाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट र घाउमा संक्रमण भएमा गर्दा लाग्ने उपचार खर्चमा १ लाख रुपैयाँसम्म बीमा सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

बिमितले शल्यक्रियासहित अस्पतालमा भर्ना हुँदा पहिलो २ दिनका लागि प्रतिदिन बिमांक रकमको २५ प्रतिशत र त्यसपछिका ५ दिन प्रतिदिन बिमांक रकमको १० प्रतिशत रकम पाइने छ । शल्यक्रिया बिना अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्दा १० दिनसम्म प्रतिदिन १० प्रतिशतका दरले पैसा पाइने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime