काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार सुरु भएको केही समय बढेको बजारले निरन्तरता दिन सकेन ।
बजार मापन गर्ने सूचक १४.८७ अंकले घटेर परिसूचक २६३४.२३ बिन्दु कायम भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएको छ । कारोबारमा विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ ।
कारोबारमा क्रेस्ट फाइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्प कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया दिनुहोस्