Skip to content

सेन्साई मध्यमवर्गको लोकप्रिय ब्राण्डः भरतप्रसाद साह सिनियर म्यानेजर सिजी इलेक्ट्रोनिक्स

काठमाडौं । चौधरी ग्रुप नेपालको इलेक्ट्रोनिक्समा लिडिङ कम्पनीमा पर्छ । चौधरी ग्रुपले एक दर्जनभन्दा बढी ब्राण्डको बिक्री वितरण गर्दै आएको छ ।

जसमा नेपाली उपभोक्ताका लागि सेन्साई ब्रान्ड एक लोकप्रिय ब्राण्ड हो । यसका सुविधा के छन् भन्ने बारेमा सिजी इलेक्ट्रोनिक्सका सिनियर म्यानेजर भरतप्रसाद साहसँग कुराकानी उनकै शब्दमा ।

सेन्साई ब्रान्ड नेपालमा निकै लोकप्रिय ब्राण्ड हो । यो खास गरेर नेपालमा मध्यम वर्गले रुचाएको ब्राण्ड हो । यसलाई चौधरी ग्रुपले ९ वर्षदेखि बजारमा ल्याएको हो ।

करिब नौ वर्षअघि एलईडी टिभी बाट सुरु भएको यो ब्रान्डले रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कुलर, र अन्य थुप्रै घरायसी उपकरणहरू समावेश गर्दै आफ्नो उत्पादनको दायरा फराकिलो पारेको छ।

जापानी प्रविधि मा आधारित यस ब्रान्डले किफायती मूल्यमा उत्कृष्ट गुणस्तर प्रदान गर्ने लक्ष्य राखेको छ। सीजी इलेक्ट्रोनिक्सले बिक्री पछिको सेवालाई नम्बर १ बनाउने प्रयास गरेको छ, जसले गर्दा उपभोक्ताहरू सन्तुष्ट छन् र बजारमा ब्रान्डको राम्रो स्थान बनेको छ। चाडपर्वमा क्याशब्याक, वारन्टी, र शून्य प्रतिशत ब्याजदरमा ईएमआई जस्ता विभिन्न अफरहरू ले यस ब्रान्डलाई नेपाली बजारमा अझ आकर्षक बनाएको छ ।

मूल्य र गुणस्तरको संयोजनस् ब्रान्डको नारा नै ‘मूल्य रोजे जस्तो प्रोडक्ट खोजे जस्तो छ’, जसको अर्थ ग्राहकले आफ्नो बजेट अनुसार ठीक मूल्यमा राम्रो र गुणस्तरीय उत्पादन पाउन सक्छन्। उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरिएको उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T