काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार हुँदा पनि एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ ५० पैसाले बढेर ५७८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा पिपुल्स पावर, उपकार लघुवित्त, नेपाल रि–इन्स्योरेन्स कम्पनी र लुम्बिनी विकास बैंक छन् ।
आजको कारोबार बन्द हुँदा पिपुल्स पावरको सेयर मूल्य ३७ रुपैयाँ ५९ पैसाले बढेर ५१४ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.८८ प्रतिशतले बढी हो । आज उपकार लघुवित्तको सेयर मूल्य पनि ६.३१ प्रतिशत अर्थात् १९२ रुपैयाँ ०१ पैसाले बढेर ३ हजार २३५ रुपैयाँ १८ पैसा पुगेको छ ।
त्यस्तै आज नेपाल रिको सेयर मूल्य ६५ रुपैयाँ ४७ पैसाले बढेर १ हजार २२२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.३१ प्रतिशतले धेरै हो । आज लुम्बिनी विकास बैंकको सेयर मूल्य ४.१५ प्रतिशत अर्थात् १९ रुपैयाँ १४ पैसाले बढेर ४८० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्