काठमाडौं । क्यासिनो रोयल्टी तथा इजाजत नवीकरण दस्तुरबापत क्यासिनोहरुले १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको देखिएको छ। महालखापरीक्षको कार्यालयले सार्वजनिक गरेको ६२औं प्रतिवेदनअनुसार ५ वटा क्यासिनोबाट रोयल्टी र इजाजत नवीकरणबापत उक्त रकम बक्यौता देखिएको हो ।
गत वर्ष ६ वटा क्यासिनोले १ अर्ब ९५ करोड १६ लाख ४९ हजार रुपैयाँ कक्यौता रहेकोमा एउटा क्यासिनोबाट १६ करोड ६५ लाख असुल भएको र अन्य पाँचवटाको बक्यौता असलु गर्नु पर्ने महालेखाले औंल्याएको छ ।
उक्त बक्यौता असुल गर्नु पर्ने क्यासिनोमध्ये २ वटा सञ्चालनमा नरहेको, ३ वटा संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालयको निर्णयअनुसार खारेज भएकोमा सर्वोच्च अदालतको आदेशअनुसार यो वर्ष नवीकरण दस्तरबापत ६२ लाख ५० हजार र रोयल्टीबापत १२ करोड ३७ लाख ५० हजार प्राप्त भएकाले बाँकी कम्यौता हिसाब अध्यावधिक गरी असुल गर्न महालेखाले औंल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्