काठमाडौं । सार्वजनिक संस्थानहरुमा सरकारको ऋण ४ खर्बभन्दा बढी रहेको देखिएको छ । महालेखाको ६२औं वार्षिक प्रतिवेदन अनुसार सरकारले ४ खर्ब ३२ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ ऋण लगानी देखिएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट गत वर्षसम्म ८३ संस्थामा ३ खर्ब ९७ अर्ब ६ करोड ५० लाख रुपैयाँ ऋण लगानी भएको देखिएको छ । यो वर्ष ४१ अर्ब ९१ करोड ३ लाख रुपैयाँ थप लगानी भएको र ७ अर्ब २६ करोड १० लाख साँवा फिर्ता भएको महालेखाको प्रतिवेदनमा उल्लेख्य छ ।
त्यस्तै अन्य समायोजनबाट ६१ करोड ३५ लाख रुपैयाँ मिलन गर्दा सर्षान्तको ऋण लागनी हिसाब ४ खर्ब ३२ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ रहेको देखिएको हो ।
यो अवधिमा नेपाल सरकारले सेयर तथा ऋण लगानी गरेका संस्थानहरुमध्ये निजीकरण भएका २१ संस्थानमा १ अर्ब ३१ करोड ५५ लाख सेयर लागनी र १६ संस्थानमा ३ अर्ब १३ करोड ५५ लाख लगानी गरेको देखिएको छ ।
त्यसमध्ये ३ अर्ब १३ करोड ५५ लाख साँवा र ३ अर्ब ५१ करोड ३ लाख भाका नाघेको ब्याज रहेको छ । १५ संस्थानको दायित्व भुक्तानी गर्न नेपाल सरकारले ५ अर्ब ५१ करोड ३७ लाख थप लगानी गरेको र उक्त रकम राफसाफ गर्नु पर्ने महालेखाले औंल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्