Skip to content

आयोजना बैंकमा समावेश नभएका ५ हजारभन्दा बढी आयोजनामा बजेट विनियोजन

काठमाडौं । आयोजना बैंकमा समावेश नभएका ५ हजारभन्दा बढी आयोजनामा बजेट विनियोजन भएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औं प्रतिवेदनअनुसार आयोजना बैंकमा प्रविष्ट नभएका ५ हजार ७६७ वटा आयोजनाका लागि रकम विनियोजन गरेको देखिएको हो ।

जस अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ८०५ वटा र शहरी विकास मन्त्रालयका ४ हजार ९६२ वटा आयोजनामा रकम विनियोजन गरेको महालेखाको प्रतिवेदनबाट देखिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २६ मा आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनामा बजेट विनियोजन गर्न नहुने उल्लेख भए पनि उक्त नियमविपरीत ५ हजार ७६७ वटा आयोजनामा बजेट विनियोजन गरेकाले महालेखाले प्रश्न गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्