Skip to content

एमसीसी परियोजना : लक्ष्यको ९ प्रतिशत मात्रै खर्च, योजना अनुसार काम भएन

काठमाडौं । नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसि) को खर्च लक्ष्यभन्दा निकै कम भएको देखिएको छ । महालेखाको ६२ औँ प्रतिवेदन अनुसार एमसीसी परियोजनाले लक्ष्यको ९.१८ प्रतिशत मात्रै खर्च गरेको हो ।

परियोजनाले नेपाल सरकार र एमसीसी दुवै स्रोतबाट २२ अर्ब ३० करोड ५९ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको भए पनि जम्मा २ खर्ब ४ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो परियोजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्नका लागि यस वर्षको ९० प्रतिशत कार्य आगामी वर्षका लागि थप गर्नु पर्ने देखिन्छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

५ वर्ष भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यो परियोजना सम्झौता बमोजिम अमेरिकी डलर ५०० मिलियन र नेपाल सरकारको तर्फबाट १३० मिलियन अमेकिरि डलर बराबरको रकम विनियोजन गर्नु पर्ने व्यवस्था रहेको थियो । तर पछि संशोधन गरेर नेपाल सरकारको तर्फबाट १९७ मिलियन कायम भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्