Skip to content

आर्थिक, वित्त र मौद्रिक नीतिबाट आर्थिक स्थितिमा सुधार ल्याउन यस्ता छन् महालेखाका सुझाव

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले अर्थतन्त्रमा देखिएको शिथिलता सुधार गर्न सरकारले लिएका आर्थिक, वित्त र मौद्रिक नीतिले समष्टिगत आर्थिक स्थितिमा सुधार गर्न विभिन्न सुझाव दिएको छ ।

महालेखाको ६२औँ प्रतिवेदनमा अर्थतन्त्रमा देखिएको शिथिलता सुधार गर्न सरकारले लिएका आर्थिक, वित्त र मौद्रिक नीतिले समष्टिगत आर्थिक स्थितिमा सुधार हुन नसकेको उल्लेख छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

वित्तीय क्षेत्रमा रहेको लगानीयोग्य पुँजीको उपयोग हुन नसकेको र विगतमा भएका लगानीको जोखिम निरन्तर रूपमा उच्च हुँदै गएको उल्लेख छ ।

सरकारले तत्कालै अर्थतन्त्रलाई गतिशील बनाउन लगानीमैत्री वातावरण, राज्यका संस्थाहरूको सबलीकरण, नियामकीय व्यवस्थाहरूको कार्यान्वयन, सार्वजनिक आय परिचालनमा सुधार, सार्वजनिक खर्चमा वित्तीय अनुशासन, उच्च प्रतिफल र उत्पादनशील क्षेत्रमा लगानी बढाउन र अर्थतन्त्र विस्तारका लागि वित्तीय उत्प्रेरक नीतिको तर्जुमा र कार्यान्वयन गर्न आवश्यक देखिने उल्लेख छ ।

समग्र माग बढाउन सार्वजनिक खर्चलाई औचित्यपूर्ण र थप प्रभावकारी बनाउने गरी प्राथमिकीकरण गर्ने, पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने, उत्पादनमा आधारित राजस्वमा जोड दिने, ऋणको प्रभावकारी उपयोग गर्ने, वित्तीय जोखिम कम गर्ने तथा लगानीको वातावरण सिर्जना गरी आर्थिक वृद्धिलाई गति दिने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने लगायतका उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्