काठमाडौं । सान्भि इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत वैशाख ५ देखि १९ गतेसम्म निष्कासन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले ३७ लाख ९० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ८० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
आईपीओमा मागभन्दा बढी आवेदन परेकाले निष्कासन अवधिभर रीतपूवर्क आवेदन दिएका आवेदकलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्