काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आफुहरु अहिले सुक्ष्म सुधारको चरणमा रहेको बताएका छन् । बिहिबार पूर्व योजनकार मञ्च नेपालको शुभारम्भ कार्यक्रमा बोल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रलाई अगाडी बढाउन, शैली परिवर्तन गराउन र काम गर्ने ढाँचामा फरकपन ल्याउन सो कुरा आवश्यक भएको बताएका हुन् ।
उनले यस अघि आयोजनाको नाममा जस्ता पनि आयोजना समावेश भएको र आयोजनाको परिभाषा नै नभएको अवस्थामा अहिले त्यस्तो परिपाटीलाई बन्द गरिएको बताए । उनले आयोजना बैंकलाई सुधार गरी पहिलाका योजनाहरु आर्काइभमा राखिएको र नयाँ सिराबाट काम सुरु गरिएको जानकारी दिए ।
उपाध्यक्ष अधिकारीले गत वर्ष मधेश प्रदेशबाट एउटा पनि आयोजना नपरेको भन्दै अहिले सबैभन्दा बढी आयोजना मधेश प्रदेशबाट परेको समेत जानकारी दिए । उनले संघबाट ३ करोड भन्दा कमको योजना राख्न नमिल्ने नै बनाएको र सफल दिशामा अगाडी बढेको समेत प्रष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्