Skip to content

पिपुल्स पावरलाई हकप्रद सेयर बिक्री गर्ने अनुमति

काठमाडौं । पिपुल्स पावरले लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद जारी गर्नका लागि स्वीकृति दिएको छ । बोर्डले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । यसका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । हकप्रद सेयर बिक्रीपछि पिपुल्स पावरको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्