Skip to content
Prabhu

पाकिस्तानलाई समर्थन गरेपछि भारतमा टर्कीको बहिष्कार अभियान, व्यापारिक र पर्यटनमा असर

एजेन्सी । पाकिस्तानको समर्थन गरेपछि भारतमा टर्की र अजरबैजानको विरोध चुलिएको छ  न केवल भारतीय पर्यटकहरूले टर्की भ्रमण रद्द गरिरहेका छन्, तर सेब, संगमरमरजस्ता टर्कीबाट आयात गरिने वस्तुहरूको समेत बहिष्कार सुरु भएको छ ।
अर्घाखाँची सिमेन्ट
Hyundai
मे १६ मा भारतका व्यापारीहरूको शीर्ष संस्था कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सले टर्की र अजरबैजानसँग व्यापारिक सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको हो । दिल्लीमा बसेको बैठकमा भारतका २४ राज्यबाट व्यवसायिक प्रतिनिधिहरूले भाग लिएका थिए । संस्थाका अनुसार, जुन देश भारतको विरोध गर्छ, त्यससँग व्यापारको कुनै औचित्य छैन ।
भारतका अनलाइन ट्राभल प्लेटफर्महरूले चेतावनी दिएका छन् । कैयौँ ट्राभल कम्पनीहरूले सुरक्षा जोखिम र राजनीतिक तनावलाई कारण देखाउँदै टर्की र अजरबैजानको यात्रा नगर्न सुझाव दिएका छन् ।
भारतको विश्वविद्यालय जेएनयुले टर्कीको इनोनू विश्वविद्यालयसँगको सम्झौता निलम्बन गरेको छ भने अलीगढ मुस्लिम विश्वविद्यालयले पनि शैक्षिक साझेदारी अन्त्य गरेको छ । स्याउ र संगमरमरको आयातमा रोक लगाइएको छ  । पुणेका व्यापारीहरूले टर्कीबाट स्याउ खरिद नगर्ने निर्णय लिएका छन् । उदयपुरका संगमरमर प्रोसेसर्सहरूले टर्कीबाट आयात रोक्न सरकारलाई आग्रह गरेका छन् । कानपुर र जयपुरका व्यापारीहरूले करोडौंका अर्डर रद्द गरिसकेका छन् ।
साथै अडानी एयरपोर्ट होल्डिङ्सले मुम्बई र अहमदाबाद विमानस्थलहरूमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको टर्कीको कम्पनी सेलेबीसँगको सम्झौता तोडेको छ । प्रमुख ई–कमर्स प्लेटफर्महरूले टर्की उत्पादन बिक्री बन्द गरेका छन् ।
भारत र टर्कीबीच द्विपक्षीय व्यापारमा भारत सधैं व्यापार सरप्लसमा रहँदै आएको छ । भारतले मुख्यतः खनिज इन्धन, अटो पाट्र्स, मेसिनरी, औषधि र कपास निर्यात गर्छ भने टर्कीबाट सुन, संगमरमर, तरकारी, सिमेन्ट र रसायन आयात गरिन्छ ।
टर्की भारतलाई स्याउ आपूर्ति गर्ने मुख्य देशमध्ये एक हो । सन् २०२३ मा भारतले टर्कीबाट ९२.८ मिलियन अमेरिकी डलर बराबरको स्याउ आयात गरेको थियो । संगमरमरको सन्दर्भमा, भारतले वार्षिक १४–१८ लाख टन टर्कीबाट आयात गर्छ ।
सन् २०२४ मा ३.३ लाखभन्दा बढी भारतीय पर्यटकले टर्की भ्रमण गरेका थिए, बहिष्कारपछि ट्राभल बुकिङमा ६० प्रतिशत गिरावट र क्यान्सिलेसनमा २५० प्रतिशत वृद्धिको रिपोर्ट छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्