Skip to content

मन्त्रिपरिषद् र गभर्नर छनोट समितिको बैठक एक घन्टाको अन्तरमा बोलाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले भावी गभर्नर पाउने सम्भावना निकै बढेको छ ।

आज मंगलबार सरकारले मन्त्रिपरिषदको बैठक र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर छनोट सिफारिस समितिको बैठक करिब एक घन्टाको अन्तरमा बोलाएका छन् । सोमबार मन्त्रिपरिषदको बैठक स्थगन गरेका प्रधानमन्त्री केपी ओलीले मंगलबार अपराह्न ५ बजेका लागि बोलाएका छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर छनोट समितिको बैठक अपराह्न ४ बजेका लागि बोलाएका छन् । छनोट समितिले आगामी १९औं गभर्नरको रुपमा तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदमा पठाउने छ । त्यसमध्येबाट एक जनालाई सरकारले आगामी गभर्नरका लागि नियुक्त गर्ने छ ।

गभर्नर छनोेट सिफारिस समितिले योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलका साथै राष्ट्र बैंकको कायम मुकायम गभर्नर डा निलम ढुंगाना तिम्सिना र डेपुटी गभर्नर बम बहादुर मिश्रको नाम सिफारिस गरिने बताइएको छ ।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा गएनन् । सोमबार साँझ ओलीसँग चिढिएका देउवा आज ओलीसँग बालुवाटारमा भेट गरेपछि ओलीले मन्त्रिपरिषदको बैठक र अर्थमन्त्री पौडेलले गभर्नर छनोट समितिको बैठक बोलाएका हुन् ।

गभर्नर छनोट समितिको संयोजकमा मन्त्री पौडेल छन् भने सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन् । राष्ट्र बैंकले आजै आगामी गभर्नर पाउने सम्भावना रहेको बताइन्छ । गभर्नरमा पौडेलको सम्भावना बलियो रहेको बताइन्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्