काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौं टेक्निकल स्कुलका रोजगारमुखी तालिमहरुमा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ । त्यस्तै स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ ।
कम्पनी र स्कुलका बीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप (आइएइ लाइफ मोबाइ एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन । त्यस्तै अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधाको लाभ लिन सक्नेछन् ।
स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ्ग, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्ने तालिम लिन सक्नेछन । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।






प्रतिक्रिया दिनुहोस्