काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली मिसनहरूलाई पत्र लेख्दै शेष घलेले गराएको महाधिवेशनबाट एनआरएनए अध्यक्षमा निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई मान्यता दिन भनेको छ । मन्त्रालयका शाखा अधिकृत सृजना कोइरालाले यसअघि ३० वैशाखमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई सम्बोधन गरेर लेखिएको पत्र जानकारीका लागि विदेशस्थित दूतावासमा पठाइएको जानकारी गराएकी छिन् ।
यसअघि पनि गैरआवासीय नेपाली संघका नाममा विभिन्न समूहहरू रहेकोमा परराष्ट्र मन्त्रालयले ११ औं महाधिवेशनबाट चुनिएको बद्री केसी अध्यक्षताको समितिलाई मान्यता दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्