Skip to content

सरकारले यही वर्षभित्र ५ सार्वजनिक संस्थान खारेज गर्ने, २ वटा सिमेन्ट उद्योगको सेयर निजी क्षेत्रलाई बेच्ने

काठमाडौं । एक वर्षभित्र सरकारले ५ सार्वजनिक संस्थान खारेज गर्ने भएको छ ।

सरकारको पूर्ण तथा अधिकांश स्वामित्व रहेका जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल, तथा नेपाल ओरियन्ड म्याग्नेसाइटलाई खारेज गर्ने गरी सरकारले कार्ययोजना बनाएको हो ।
नेपल सरकारले २ वटा सिमेन्ट उद्योगको सेयर भने निजी क्षेत्रलाई बिक्री गर्ने भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत भएको कार्ययोजनामा सो कार्य १ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

नेपाल सरकारले खारेज हुने संस्थानको सम्पत्ति सरकारको नाममा ल्याएर व्यवस्थापन गर्नेसमेत उल्लेख गरिएको छ । सो कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima